काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाले आफ्नो गौरवको आयोजना नगर बसपार्क (City Buspark) निर्माणका लागि टेन्डर आव्हान गरेको छ।
बुढानिलकण्ठ–२ स्थित करिव २९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको सो बसपार्कको पहिलो चरणमा ६ करोड ५० लाख रुपैयाँको लगानी हुने वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
हाल करिव १४ रोपनी जग्गामा विभिन्न संरचना निर्माणका लागि टेन्डर आव्हान गरिएको छ। बसपार्क निर्माण पूरा भएपछि नगरपालिकाको सार्वजनिक यातायात व्यवस्थापन र संचालनमा सहजता आउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया