काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडा अध्यक्ष स्व. भीमसेन थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल तथा पदपूर्ति समितिले संवेदना प्रकट गरेको छ। शोकका कारण अस्पतालले भोलि २०८२/०८/१९ गते सञ्चालन हुने भनिएको अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने निर्णय गरेको छ।
यससँगै, अस्पतालले २०८२/०८/१९ गते निर्धारित अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ। स्थगित अन्तर्वार्ताको नयाँ मिति २०८२/०८/२१ गते आइतबार, सोही समय र सोही स्थानमा हुने गरी पुनः निर्धारण गरिएको सूचनामा उल्लेख छ।
पदपूर्ति समितिका सदस्य सचिवले हस्ताक्षरित सूचनामा सबै सम्बन्धितलाई नयाँ मिति अनुसार उपस्थित रहन आग्रह गरिएको छ।
प्रतिक्रिया