३८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : बुढानीलकण्ठ नगरपालिकाबाट विशेष आवश्यकता भएका नागरिकलाई व्हीलचेयर वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०८२, शुक्रबार ०७:२९

बुढानीलकण्ठ । ३८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले “डिजिटल सुरक्षा र अनलाइन हिंसा” भन्ने महत्वपूर्ण विषयवस्तुलाई केन्द्रमा राखेर एक अर्थपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य तथा उपस्थितिमा आज सम्पन्न कार्यक्रममार्फत नगरक्षेत्रका विशेष आवश्यकता भएका नागरिकहरूलाई व्हीलचेयर वितरण गरिएको हो।
यस कार्यक्रममा नगर प्रमुख अधिकारीले अपाङ्गता भएका नागरिकहरूको जीवन सहज बनाउन नगरपालिकाले निरन्तर सहकार्य र समन्वयका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै, “यो सहयोग सामग्री मात्र होइन, समावेशी समाज निर्माणतर्फको ठोस कदम हो” भन्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले सबै नागरिकका लागि सुरक्षित, सहज र सम्मानजनक वातावरण निर्माण गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको बताउँदै डिजिटल क्षेत्रमा बढ्दो जोखिम, अनलाइन हिंसा तथा भेदभाव विरुद्ध सचेतना र सशक्तिकरण अत्यावश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रमले डिजिटल सशक्तिकरणसँगै शारीरिक पहुँच–सजिलो दुवैलाई समान महत्त्व दिएर अग्रसर बुढानीलकण्ठ नगरपालिकाको समावेशी तथा उत्तरदायी भूमिकालाई झल्काएको छ।

अन्त्यमा, सहभागीहरूले यस्ता पहलले अपाङ्गता भएका नागरिकहरूको दैनन्दिन जीवन सहज बनाउनुका साथै समावेशी विकासलाई अझ गति दिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply