जेनजी आन्दोलनपछि भाटभटेनीको मुख्य गोदाम तीन महिनापछि पुनः सञ्चालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०८२, शुक्रबार ०६:३७

काठमाडौँ।

 जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएको छ।

बालुवाटारस्थित गोदाममा रुद्री पूजा गरेपछि बिहीबारदेखि औपचारिक रूपमा सञ्चालन पुनः सुरु भएको भाटभटेनी व्यवस्थापनले जनाएको छ।

नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट सञ्जाल मानिने भाटभटेनीका १२ वटा स्टोरमा आन्दोलनका कारण करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो। आगजनी र तोडफोडका कारण नष्ट भएका संरचना, भण्डारण प्रणाली, स्टक व्यवस्थापन र गोदाम उपकरणहरूको पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।

व्यवस्थापनका अनुसार ठूलो आर्थिक क्षतिका बाबजुद सेवा प्रवाहलाई रोक्न नपरोस् भन्ने उद्देश्यले पुनः सञ्चालनका कामहरू तीव्र गतिमा अघि बढाइएको थियो।

गोदाम पुनः सञ्चालनमा आएसँगै अब लुटपाट तथा क्षतिबाट पीडित स्टोरहरूको आपूर्ति प्रणाली क्रमशः सहज र नियमित हुँदै जाने भाटभटेनीले जनाएको छ।

प्रतिक्रिया