कांग्रेस नेता तथा वडा अध्यक्ष भीमसेन थापाको असामयिक निधनप्रति गहिरो शोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०८२, बिहीबार १६:३४

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.–२ का सचिव तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.–७ का आदरणीय वडा अध्यक्ष भीमसेन थापाको असामयिक निधनले स्थानीय राजनीतिक क्षेत्र र समुदाय अत्यन्त शोकाकुल बनेको छ। नेतृत्त्व क्षमता, सामाजिक सेवाप्रतिको समर्पण, सरल स्वभाव र जनताको मन जित्ने विनम्र व्यवहारका कारण थापा लोकप्रिय स्थानीय जनप्रतिनिधि मानिन्थे।

उहाँको निधनले कागेश्वरी मनोहरा मात्र होइन, सम्पूर्ण क्षेत्र नं.–२ र नेपाली कांग्रेस परिवारले एक सक्रिय, समर्पित र इमानदार जनसेवक गुमाएको छ। थापाले आफ्नो कार्यकालभर समुदायमुलक विकास, सामाजिक उत्तरदायित्व र नागरिक–मैत्री सेवामा उल्लेखनीय योगदान गरेका थिए।

समुदायका विभिन्न निकाय, राजनीतिक व्यक्तित्व तथा स्थानीय बासिन्दाहरूले थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको व्यक्तित्व, सेवाभाव र योगदान सधैँ स्मरणीय रहने बताएका छन्।

स्वर्गीय भीमसेन थापाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

प्रतिक्रिया

Leave a Reply