काठमाडौँ । नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणमा पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
न्यायाधीश अव्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीका दाजु केशवकुमार कार्कीद्वारा दायर गरिएको बन्दी–प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन खारेज गर्दै कार्कीलाई थुनामुक्त नगर्ने आदेश जारी गरेको हो।
कार्कीलाई दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिने प्रक्रियामा अनियमितता भएको आशंकामा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।
प्रतिक्रिया