कुलमानको चुनाव चिह्नबारे ओलीको व्यङ्ग्य : फ्युज गएको चिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०८२, बुधबार ०६:४१

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको राजनीतिक अवस्था सुधार्नुपर्ने बताएका छन् । एमालेको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा राजनीतिक मुहान बिग्रिएको बताए।

उनले उज्यालो नेपाल पार्टीप्रति व्यङ्ग्य गर्दै भने, ‘हिपोक्रेसीको कस्तो जमाना छ । ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम। कति साह्रो नेपाली जनतालाई यस्ता यस्ता अवस्थाबाट गुज्रिरहेका छौँ। यस परिस्थितिलाई करेक्सन गर्नुपर्छ।’

ओलीले अहिलेको सरकारले देशको स्वार्थलाई मासेर अराजकता, वितण्डा र आगजनी फैलाएको टिप्पणी गरे। देशलाई सही ट्र्याकमा फर्काउन संसद् पुनर्स्थापनाको विकल्प नभएको पनि दोहोर्‍याए।

साथै उनले भने, ‘अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनरीबाट ‘सत्य’ भन्ने शब्द डिलिट गर्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply