काठमाडौँ । गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको आरोपमा अनुसन्धानमा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सोमबार कारण देखाउन आदेश जारी गरिएको छ।
सोमबारको सुनुवाइमा अदालतले अग्राधिकार दिँदै कारण देखाउन आदेश जारी गरेको हो।
अधिवक्ता अंकिता त्रिपाठीले आइतबार दर्ता गराएकी रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, महान्यायाधिवक्ता कार्यालय, उच्च सरकारी वकिल कार्यालय ललितपुर र केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) विपक्षी बनाइएका छन् .
प्रतिक्रिया