काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। नगरपालिकाद्वारा जारी निमन्त्रणा अनुसार, कार्यक्रम आगामी २०८२ मंसिर १६ गते, मंगलवार बिहान १०:०० बजे बूढानीलकण्ठ नगरपालिकाको प्राथमिक हात्तिगाउँडा, काठमाडौँस्थित सभा स्थलमा आयोजना हुनेछ।
नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा को संयोजनमा आयोजना हुन लागेको उक्त कार्यक्रम, नगरपालिकाको स्थापना दिवसलाई स्मरण गर्दै एकता, विकास र साझेदारीको भावना अभिव्यक्त गर्ने उद्देश्यले राखिएको छ।
कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि, सरोकारवाला, कर्मचारी र अतिथिलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ। नगरपालिकाले यस अवसरमा नगरको विकास यात्रा र भविष्यका योजनाबारे चिन्तन–मनन गर्ने अवसर पनि प्रदान गर्ने बताएको छ।
साथै, नगरपालिका स्थापना दिवसलाई अवसरका रूपमा उपयोग गर्दै नगरको प्रगतिमा साथ दिने सबैलाई सम्मान गर्ने र आगामी दिनमा अझ सुदृढ सेवा प्रवाहका प्रतिवद्धता व्यक्त गर्ने तयारी रहेको छ।
प्रतिक्रिया