बुढानिलकण्ठ वडा १ मा तौलुङ्म धारा टोल होमस्टे : प्रकृतिको मनोरम अनुभवको नयाँ गन्तव्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०८२, सोमबार ०७:४७

काठमाडौँ ।  बुढानिलकण्ठ नगरपालिका, वडा नं. १ मा अवस्थित तौलुङ्म धारा टोल होमस्टेले पर्यटक र पाहुनाहरूलाई प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभवको अनौठो अवसर प्रदान गर्दै आएको छ।

यो होमस्टे प्राकृतिक वातावरणमा स्थापित भएकाले वरपरको हरियाली, पहाडको दृश्य र शान्त वातावरणले आगन्तुकलाई मनमोहक अनुभव दिन्छ। सञ्चालकहरूका अनुसार, यहाँ पाहुनाहरूले स्थानीय खाना, परम्परागत शैलीका बसाइ र गाउँको सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर पाउँछन्।

स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको तौलुङ्म धारा टोल होमस्टेले बाह्य पर्यटक मात्र नभई स्थानीय आगन्तुकलाई पनि शान्त र रमणीय अनुभव उपलब्ध गराएको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply