गोकर्णेश्वरमा शिक्षकहरूका लागि छन्द कविता लेखन–वाचन प्रशिक्षण सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०८२, सोमबार ०७:०२

काठमाडौँ ।  गोकर्णेश्वर नगरपालिकाले भाषा, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिँदै नगरप्रमुख दिपक रिसालको उपस्थितिमा विद्यालय स्तरीय शिक्षकहरूका लागि छन्द कविता लेखन र वाचन प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

नगरपालिकाको प्रायोजन र अभिनव साहित्य समाजको सहकार्यमा सम्पन्न यो प्रशिक्षणले शिक्षकहरूलाई छन्द कविता लेखनका कला र प्रविधि सिकाउने उद्देश्य राखेको थियो। कार्यक्रममा शिक्षकहरूले कविता लेख्ने अभ्याससँगै वाचन सीपमा पनि सुधार ल्याउने अवसर पाएका थिए।

नगर प्रमुख दिपक रिसालले भने, “हाम्रो प्राथमिकता भाषा, संस्कृति र कलाको विकास तथा संरक्षण हो। शिक्षकहरूलाई यस प्रकारको प्रशिक्षण दिँदा विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि पनि बढ्छ।”

प्रशिक्षण कार्यक्रममा शिक्षकहरूको सक्रिय सहभागिता रहेको र भविष्यमा यसलाई निरन्तरता दिने योजना रहेको आयोजकहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया