काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य आजदेखि लागू भएको छ।
नयाँ मूल्यअनुसार:
पहिलो वर्गका डिपोहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी, वीरगञ्ज) मा डिजेल/मट्टितेल प्रतिलिटर १४३.५० रुपैयाँ
दोस्रो वर्ग (सुर्खेत, दाङ) मा प्रतिलिटर १४५ रुपैयाँ
तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल) मा प्रतिलिटर १४६ रुपैयाँ
निगमले भनेका छन् कि इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेको हो।
त्यसैगरी, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर १०१५ कायम गरेको छ। निगमका अनुसार हवाई इन्धनमा मूल्य बढ्नुको कारण नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर ५.६२ रुपैयाँ बढ्नु हो।
प्रतिक्रिया