नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटायो, हवाई इन्धनको मूल्य बढायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०८२, सोमबार ०६:४८

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य आजदेखि लागू भएको छ।

नयाँ मूल्यअनुसार:

  • पहिलो वर्गका डिपोहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी, वीरगञ्ज) मा डिजेल/मट्टितेल प्रतिलिटर १४३.५० रुपैयाँ

  • दोस्रो वर्ग (सुर्खेत, दाङ) मा प्रतिलिटर १४५ रुपैयाँ

  • तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल) मा प्रतिलिटर १४६ रुपैयाँ

निगमले भनेका छन् कि इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेको हो।

त्यसैगरी, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर १०१५ कायम गरेको छ। निगमका अनुसार हवाई इन्धनमा मूल्य बढ्नुको कारण नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर ५.६२ रुपैयाँ बढ्नु हो।

प्रतिक्रिया