बुढानिलकण्ठमा १२ औँ स्थापना दिवसका अवसरमा : साइकल र्याली उत्साहपूर्वक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०८२, आईतवार १६:३५

काठमाडौं, बुढानिलकण्ठ ।  बुढानिलकण्ठ नगरपालिकाको १२ औँ स्थापना दिवसका अवसरमा  आयोजना गरिएको साइकल र्याली कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

बिहान ७:३० बजे नगरपालिकाको प्राङ्गणबाट सुरु भएको र्यालीलाई नगर प्रमुख मिठाराम अधिकारीले रिबन काटी औपचारिक रूपमा उद्घाटन गरेका थिए। स्वस्थ जीवनशैली प्रवर्द्धन, वातावरणमैत्री यातायातको महत्व, तथा समुदायमा शारीरिक सक्रियता बढाउने उद्देश्यसहित आयोजित कार्यक्रम Budhanilkantha Riders Clubको सहयोगमा सम्पन्न गरिएको हो।

र्यालीमा उप–प्रमुख अनिता लामा, नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालगायत विभिन्न वडाका जनप्रतिनिधि, साइकल प्रेमी तथा स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

नगरपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले नगरवासीबीच आपसी एकता, स्वास्थ्यप्रति सचेतना तथा नगरको पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ।

प्रतिक्रिया