काठमाडौँ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० का स्थानीय बासिन्दाहरूले मिलनचोकदेखि साततलेसम्म करिब ३५० मिटर लामो बक्स कल्भर्ट निर्माणको माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्।
वर्षा र हिउँदमा पानी ननिकास हुन नपाउँदा सडक क्षेत्रमा बाढी, पानी जम्ने र दुर्गन्धको समस्या हुने स्थानीयहरूले बताए। स्थानीयहरूले वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईसँगै नगर प्रमुख मिठाराम अधिकारीलाई भेटेर आफ्नो माग राखेका हुन्।
स्थानीय बासिन्दाहरूले भने, “काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत संचालन भइरहेका ठेक्का संख्या DCOKTM/RvW/77/78/12 र DCoKTM/RW/79/80/07 मा हाम्रो खण्ड समावेश नभएकोले हामी ठूलो असुविधामा छौं। हामीले थप निर्माणको सुनिस्चितता चाहन्छौं।”
नगर प्रमुख अधिकारीले स्थानीयहरूको समस्या गम्भीरतापूर्वक सुनेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको कार्यक्रममा उक्त खण्डको निर्माणका लागि प्रस्ताव राख्ने आश्वासन दिएका छन्। उनले भने, “स्थानीयहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै यस आवश्यक कार्यको लागि बजेट व्यवस्था गर्ने प्रयास गरिनेछ।”
वडाध्यक्ष भट्टराईले पनि स्पष्ट पारे, “यो खण्ड चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा समावेश थियो, तर बजेट अभावका कारण कार्यान्वयन हुन सकेको छैन। हामीले पटक–पटक अनुरोध गर्दै आएका छौं।”
स्थानीय बासिन्दाहरूले निर्माण कार्य चाँडै सुरु हुनुपर्नेमा जोड दिएका छन्, ताकि बाढी र हिउँदमा उत्पन्न हुने असुविधा कम गर्न सकियोस्।
प्रतिक्रिया