गोकर्णेश्वर नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षा सञ्चालन, १५ दिनभित्र आवेदन दिन सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८२, शुक्रबार ०५:२४

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले स्थानीय तहमा रोजगारीका अवसर बढाउन तथा युवा–युवतीलाई सरकारी सेवामा प्रवेश गर्न सहयोग पुर्‍याउने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार, नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरूका लागि संघीय तहको नायब सुब्बा (अप्राविधिक) तथा बागमती प्रदेशको पाँचौँ तह (अप्राविधिक) परीक्षाको तयारी कक्षा संचालन गरिने नगरपालिकाले जनाएको छ।

 मेयर दिपक रिसालको भनाइ

नगर प्रमुख दिपक रिसालले सार्वजनिक सूचना जारी गर्दै सबै योग्य र इच्छुक व्यक्तिहरूलाई सहभागिताको आग्रह गरेका छन्।
उनले भने —
“नगरपालिका भित्रका युवाहरू बेरोजगार बस्नुपरोस् भन्ने हाम्रो चाहना होइन। लोकसेवा तयारी कक्षाले युवाहरूको करियर निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ। तोकिएको योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुहोला।”

आवेदन दिने समय

– सूचना प्रकाशित मितिदेखि १५ (पन्ध्र) दिनभित्र
– कार्यालय समयमा
– गोकर्णेश्वर नगरपालिका – प्रशासन शाखामा निवेदन दर्ता गर्न सकिने

सहभागी हुनुपर्ने योग्यता (सूचना अनुसार)

गोकर्णेश्वर नगरपालिकाको स्थायी वासिन्दा

न्यूनतम १०+२ वा सो सरह अध्ययन उत्तीर्ण

उमेर सीमा
– पुरुष : ३५ वर्ष ननाघेको
– महिला तथा अपाङ्गता भएका व्यक्तिहरू : ४० वर्ष ननाघेको

निवेदनका साथ संलग्न गर्नुपर्ने कागजात

– शैक्षिक योग्यताको प्रमाणपत्रको छायाँप्रति
– नागरिकता प्रमाणपत्रको छायाँप्रति
– बसाइ–सराइ भएको भए बसाइ–सराइ प्रमाणपत्र
– हालसालै खिचेको १ प्रति पासपोर्ट साइज फोटो
– सम्पर्क नम्बर र Email ठेगाना निवेदनमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने

गोकर्णेश्वर नगरपालिकाले युवाहरूलाई सरकारी सेवामा प्रवेशका लागि आवश्यक ज्ञान, रणनीति र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न यस कक्षाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया