कागेश्वरी मनोहरा नगरपालिकामा महिला समूह लक्षित ‘सेल्फ–केयर’ सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८२, शुक्रबार ०५:१०

काठमाडौँ।  कागेश्वरी मनोहरा नगरपालिकाले महिला समूहका प्रतिनिधिहरूलाई लक्षित गर्दै ‘सेल्फ–केयर तथा स्वास्थ्य सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ। महिलाको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यलाई संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम नगरपालिकाको सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका सम्झौता कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।

कार्यक्रममा महिलालाई आफ्नो दैनिक स्वास्थ्य, पोषण, तनाव व्यवस्थापन, घरेलु हिंसा पहिचान, आत्म–सम्मान, प्रजनन स्वास्थ्य तथा व्यक्तिगत सुरक्षा जस्ता विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई व्यवहारिक अभ्याससहित आफूलाई सुरक्षित, स्वस्थ र आत्मविश्वासी बनाउने सीपहरू पनि सिकाइयो।

नगरपालिकाका प्रतिनिधिहरूका अनुसार सेल्फ–केयर जस्तो विषय घरेलु र सामाजिक जिम्मेवारीका कारण प्रायः पछि धकेलिनुपर्ने भएकाले महिलाले आफूलाई प्राथमिकताका साथ हेरचाह गर्न सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी महिला समूहका प्रतिनिधिहरूले यस प्रकारका प्रशिक्षणबाट आफूहरूलाई मनोसामाजिक रूपमा सशक्त, स्वास्थ्यप्रति जागरूकसामुदायिक स्तरमा नेतृत्वदायी भूमिका खेल्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्।

नगरपालिकाले आगामी दिनमा पनि महिला स्वास्थ्य, सीप विकास र आत्म–सशक्तिकरणका थप कार्यक्रम नियमित गर्दै लैजाने जनाएको छ।

प्रतिक्रिया