काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले स्थानीय युवाहरूको रोजगार सृजना र व्यावसायिक क्षमता अभिवृद्धि गर्न बारिस्ता तालिम सुरु गरेको छ।
तालिम कार्यक्रममा नगर प्रमुख दीपक रिसालले सहभागीहरूलाई सम्बोधन गर्दै भने,
“अब नगरपालिकाले अगाडि बढाएको यस तालिममार्फत कोही पनि बेरोजगार नहुनेछन्। स्थानीय युवाले तालिममा सहभागी भई व्यावसायिक दक्षता हासिल गरी रोजगारीका अवसरका लागि तयार हुनुपर्छ।”
तालिमले प्रतिभागीलाई कफी उद्योग, बारिस्ता कला, ग्राहक सेवा, व्यवसाय सञ्चालन र मार्केटिङसम्बन्धी सीप सिकाउने उद्देश्य राखेको छ। नगरपालिकाले स्थानीय स्तरमा रोजगारीमूलक तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै यसमार्फत युवालाई सशक्त बनाउन पहल थालेको जनाएको छ।
नगर प्रमुख रिसालले युवाहरूलाई प्रेरित गर्दै यस तालिमलाई प्रभावकारी बनाउन र व्यावसायिक अवसरको उपयोग गर्न सक्रिय सहभागिता जनाउन आग्रह गरे। तालिममा सहभागी युवाले तालिमपश्चात रोजगार प्राप्ति वा स्वरोजगारका अवसरमा काम गर्न सक्ने व्यवस्था नगरपालिकाले गरेको छ।
गोकर्णेश्वर नगरपालिकाले यसरी स्थानीय रोजगार सृजनामा सक्रिय भूमिका खेल्दै, समाजमा आर्थिक सशक्तिकरण र दिगो विकास सुनिश्चित गर्ने प्रयास अघि बढाएको छ।
प्रतिक्रिया