विज्ञान र प्रविधिले बढाएका हिंसाको स्वरूप रोक्न सकारात्मक सोच आवश्यक : कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८२, बिहीबार ०६:५४

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले विज्ञान र प्रविधिको विकास र प्रयोगले समाजमा सामाजिक हिंसाका नयाँ–नयाँ स्वरूप देखा परेको भन्दै यसका अन्त्यका लागि मानिसको सकारात्मक सोच महत्वपूर्ण भएको बताएका छन्।

नगरपालिकाले लैंगिक तथा सामाजिक हिंसा रोकथाम र सचेतना कार्यक्रमलाई बजेटबाटै सुदृढ गर्दै अघि बढाउने निर्णय गरेको छ। प्रमुख कार्कीले भने,
“हिंसा रोक्नका लागि केवल नियम र कानुन पर्याप्त छैन। मानिसको सोच, चेतना र सकारात्मक दृष्टिकोण नै मुख्य आधार हो। नगरपालिकाले यस प्रकारका कार्यक्रम निरन्तर सञ्चालन गर्दै पीडितको सुरक्षा सुनिश्चित गर्नेछ, कुनै पनि नागरिक पीडित नबनोस् भन्ने हाम्रो प्राथमिकता हो।”

नगरपालिकाले आयोजना गर्ने कार्यक्रममार्फत लैंगिक हिंसा, साइबर हिंसा र अन्य सामाजिक हिंसाका नयाँ–नयाँ स्वरूपको जानकारी प्रदान गरी समुदायमा सचेतना फैलाउने लक्ष्य राखिएको छ। यसमा पीडितलाई सुरक्षा, परामर्श र कानुनी सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको छ।

कार्यक्रममा नगर प्रमुख कार्कीका साथै अन्य स्थानीय प्रतिनिधि, समाजसेवी र सरोकारवालाहरूको सहभागिता रहेको थियो। नगरपालिकाले यस्तो अभियानले सुरक्षित, समान र संवेदनशील समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया