हिंसा केवल एकतर्फी होइन, दुवैलाई पर्न सक्छ : नगर उपप्रमुख शान्ता थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८२, बिहीबार ०६:५१

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले समाजमा अझै पनि हिंसालाई एकतर्फी रूपमा बुझ्ने गलत धारणा रहेको बताउँदै पुरुष–महिला दुवैजना हिंसाका शिकार बन्न सक्ने तथ्य स्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन्।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा नगरपालिकाले आयोजना गरेको सचेतना कार्यक्रममा बोल्दै थापाले भनिन्,
“हाम्रा समाजमा हिंसा भन्ने बित्तिकै पुरुषले महिलामाथि गर्ने हिंसा भन्ने बुझाई छ। तर आजको समाजमा महिलाबाट पुरुष र पुरुषबाट महिला दुबैजनै हिंसामा परिरहेका छन्। हिंसा कुनै एक पक्षले मात्र सहने विषय होइन।”

उनका अनुसार हिंसा रोकथामका कार्यक्रम प्रभावकारी बनाउन समाज, परिवार, विद्यालय र स्थानीय सरकार सबैले समान रूपमा जिम्मेवारी लिनुपर्ने छ। थापाले दुवै लिङ्गका पीडितले सहज रूपमा सहयोग र न्याय पाउन सक्ने वातावरण निर्माण गर्नु स्थानीय तहको प्राथमिकता रहेको समेत बताइन्।

कार्यक्रममा लैंगिक समानता, मानव अधिकार, कानुनी जानकारी र स्थानीय सहायतामूलक सेवासम्बन्धी अभिमुखिकरण गराइएको थियो। नगरपालिकाले लैंगिक हिंसा रोकथामका गतिविधि सुदृढ गर्दै समुदायमै सुरक्षित तथा समानतामूलक वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया