प्रतिनिधिसभा चुनावका लागि दल दर्ता निवेदन दिने समय ४ दिन थप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८२, बिहीबार ०५:०८

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन बुझाउने समय चार दिन थपिएको छ।

निर्वाचन आयोगको आजको बैठकले अघिल्लो कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म तोकिएको निवेदन दिने अवधि विभिन्न पक्षको आग्रहपछि थप चार दिन बढाउने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्मको अवधिमा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ दलबाट निवेदन प्राप्त भएको छ। आयोगमा दर्ता कायम रहेका ठूला दलसहित नयाँ–पुराना अधिकांश दलले दर्ता निवेदन बुझाइसकेका छन्। हाल आयोगमा दर्ता रहेको दल संख्या १३७ छ।

प्रतिनिधिसभाको पहिलो-पहिलो विजयी हुने (प्रत्यक्ष) तर्फको उम्मेदवार मनोनयन आगामी माघ ६ गते तोकिएको छ। आयोगका अनुसार निर्वाचन हुन अब ९९ दिन बाँकी छ।

यस्तै आगामी मङ्सिर ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ता गर्ने अवधि मङ्सिर १देखि ७ गतेसम्म तोकिएको थियो। सो अवधिमा १३ दलबाट राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निवेदन दर्ता भएको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply