जोरपाटी । जोरपाटीको ऐतिहासिक महत्वलाई उजागर गर्ने र यसको पहिचान जगेर्ना गर्ने प्रयासअन्तर्गत गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोक नजिकै दुई वटा पाटीमा 3D लाइट बोर्ड स्थापना गरेको छ।
जोरपाटी, जसको नाम दुई ओटा पाटीको संयुक्त रूप “जोर + पाटी” बाट आएको हो, स्थानीय सांस्कृतिक र ऐतिहासिक पहिचानको प्रतीक मानिन्छ। नगरपालिकाले गरेको यो सानो तर महत्वपूर्ण पहलले स्थानीय इतिहासको महत्वलाई अझ स्पष्ट रुपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएको छ।
नगरपालिकाका अधिकारीहरूले भने, “हाम्रो संस्कृति, इतिहास र पहिचान सुरक्षित राख्ने यस प्रयासले जोरपाटीको ऐतिहासिक मूल्य अझ उजागर हुनेछ। गोकर्णेश्वर नगरपालिकाको जोरपाटी—हाम्रो गौरव, हाम्रो इतिहास”।
प्रतिक्रिया