काठमाडौँ। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष तथा काठमाण्डौ जिल्ला कमिटी सदस्य सुमन तामाङ आगामी नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाण्डौ क्षेत्र नं. ४ बाट प्रतिनिधि उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ।
दीर्घ राजनीतिक अनुभव, जनताको बीचको लोकप्रियता र संगठनमा सक्रिय भूमिकाका कारण तामाङलाई क्षेत्र नं. ४ मा बलियो दाबेदार मानिएको छ। जनताको लोकप्रीय नेता : विकासदेखि समस्या समाधानसम्म सक्रिय तामाङ २०५४ सालमा साविक महांकाल गाविस वडा नं. ६ को अध्यक्षमा निर्वाचित हुँदै राजनीतिक यात्रामा स्थापित भएका हुन्।
२०७४ सालमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ को अध्यक्षमा निर्वाचित भएपछि वडाको विकास, जनसेवा र व्यवस्थापनमा प्रभावशाली काम गर्दै आएका छ । स्थानीयहरूले तामाङलाई “समस्या लिएर जाने होइन, समस्या लिएर आफैँ घर–घरमा पुगेर समाधान ल्याउने जनप्रतिनिधि” का रूपमा चिन्ने गर्दछन्।
वडा विकास, सडक मर्मत, खानेपानी, ढल व्यवस्थापन, विद्यालय सहयोग, खेलकुद पूर्वाधार, सामाजिक कार्यक्रमदेखि नगरका विभिन्न समस्या समाधानमा तामाङ पहिलो साता, पहिलो पहल गर्ने नेताका रूपमा परिचित छन्। संगठन, खेलकुद र शिक्षा—बहुआयामिक भूमिकामा तामाङ
हाल बुढानिलकण्ठ नगर खेलकुद बोर्डका संयोजक रहेका तामाङ युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, प्रतिस्पर्धा र कौशल विकासमा लगाउने काममा सक्रिय छन्। उहाँ स्वयं खेलाडी समेत भएकाले खेलकुदका आवश्यकता, पूर्वाधार र युवाको सम्भावना पहिचान गर्न प्रभावकारी नेता मानिन्छन्। त्यस्तै, शिक्षा क्षेत्रमा समेत विद्यालयसभामा सघुवा, प्रोत्साहन कार्यक्रम, शैक्षिक सुधारका पहल र विद्यार्थीमैत्री कार्यक्रम अघि बढाउँदै आएका छन्।
एमालेभित्रका जिम्मेवारी र भविष्यको भरोसा
नेकपा एमालेमा तामाङले वडा कमिटीका नेतृत्व, जिल्ला कमिटी सदस्य, स्थानीय सरकारका संरचनामा प्रतिनिधित्व, युवा र खेलकुद अभियानमा नेतृत्व जस्ता बहुसंयोजन भोगिसकेका छन्।
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्ने तयारी गर्दै तामाङले सम्पूर्ण सदस्य, कार्यकर्ता र स्थानीय नेतृत्वसँग सहयोग र साथका लागि अपिल गर्दै भन्नुभयो— “म संगठन, युवाशक्ति र विकास अभियानलाई अझ सबल बनाउन प्रतिनिधि बन्न चाहन्छु। स्थानीयको विश्वास र साथले मलाई अझ जिम्मेवार बनाएको छ।”
तामाङको उम्मेदवारीप्रति उच्च अपेक्षा स्थानीय विकासमा गति, संगठनमा युवा र अनुभवी नेतृत्वको संयोजन, जनतामैत्री सेवा संस्कृतिलाई सशक्तिकरण, नेकपा एमालेको लोकप्रियता वृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया