काठमाडौँ क्षेत्र नं. ४ बाट ज्ञानु कार्कीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी, संगठन सुदृढीकरणलाई प्राथमिकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८२, मंगलवार ०८:०८

काठमाडौँ। आगामी ११ औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौँ क्षेत्र नं. ४ बाट ज्ञानु कार्कीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी थालेकि छन्। लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहँदै संगठन विस्तार, जनसंपर्क वृद्धि र स्थानीय नेतृत्व सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएका कार्की अहिले क्षेत्रभरि सक्रिय छलफल र समन्वयमा व्यस्त छन्।

संगठनभित्र अनुशासित, मिलनसार र जिम्मेवार कार्यकर्ता–नेता भनेर चिनिएकि कार्कीले पार्टीको लामो यात्रा, संघर्ष र प्रतिवद्धताको आधारमा आफू प्रतिनिधि बन्न योग्य भएको विश्वास व्यक्त गरेका छन्।

उम्मेदवारीबारे प्रतिक्रिया दिँदै कार्कीले भनिन — “महाधिवेशन प्रतिनिधि हुनु जिम्मेवारी मात्र होइन, संगठनप्रति समर्पणको प्रतीक पनि हो। कार्यकर्ता–नेता सबैको सुझाव, साथ र सहकार्यसँगै अघि बढ्न चाहन्छु।”

स्थानीय कमिटी, जनसंगठन र सञ्जालमा पहिलेदेखि नै सक्रिय कार्कीले आगामी दिनमा क्षेत्र नं. ४ को संगठनलाई अझ सुदृढ, गतिशील र परिणाममुखी बनाउन भूमिका खेल्ने लक्ष्य लिएकि  छन्।

उहाँको उम्मेदवारीसँगै क्षेत्र नं. ४ मा प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ भने स्थानीय कार्यकर्ताहरूले कार्कीको भूमिकालाई अनुभव र सक्रियतालाई सम्मान गर्ने अवसरको रूपमा पनि हेरेका छन्।

प्रतिक्रिया