काठमाडौँ क्षेत्र नं. ४ बाट राजेन्द्र श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा दाबी, “प्रतिस्पर्धा भए भिड्ने, सहमति भए मान्ने” उद्घोष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८२, मंगलवार ०७:४४

काठमाडौँ । नेकपा एमाले काठमाडौँ क्षेत्र नं. ४ बाट आगामी ११ औँ महाधिवेशनका लागि प्रतिनिधिमा उम्मेदवारी दिनका लागि बुढानिलकण्ठ नगरपालिका–२ का लोकप्रिय वडा अध्यक्ष  राजेन्द्र श्रेष्ठले औपचारिक तयारी अघि बढाएका छन्। संगठनमा लामो समयदेखि सक्रिय, मिलनसार स्वभावका र कुशल संयोजकका रूपमा पहिचान बनाएका श्रेष्ठ अहिले पार्टीभित्रबाटै बलियो समर्थन पाइरहेका छन्।

श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा बुढानिलकण्ठ–२ का वडा सदस्य तथा २०७९ सालको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भई निरन्तर जनसेवामा सक्रिय रहँदै आएका छन्। स्थानीय विकास, समावेशी नेतृत्व र जनसम्पर्कमा सक्रिय रहनु उनको मुख्य पहिचान मानिन्छ।

पार्टी संगठन विस्तारमा दशकौँदेखि जुटिरहेका श्रेष्ठ २०७४ मा वडा कमिटी सचिव र २०७९ मा वडा कमिटी अध्यक्षका रूपमा क्रियाशील रहे। वर्तमानमा जिल्ला कमिटी सदस्य रहेका उनले वडा, नगर र जिल्लास्तरमा संगठन बलियो बनाउन भूमिका निर्वाह गर्दै आएका छन्।

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीबारे प्रतिक्रिया दिँदै श्रेष्ठले भने—
“प्रतिस्पर्धा आवश्यक छ भने म भिड्न तयार छु। सहमति बन्ने वातावरण बनेमा त्यसलाई मान्न पनि तयार छु। पार्टी एकता, सहकार्य र जिम्मेवारी मुख्य कुरा हो।”

उहाँको दाबी अनुसार, स्थानीय सरकार र पार्टीबीचको पुल बनेर बुढानिलकण्ठ विकासका दीर्घकालीन योजनाहरू अघि बढाउने तथा एमालेको जनआधार थप सुदृढ बनाउने लक्ष्यसहित उम्मेदवारी लिइएको हो।

श्रेष्ठको उम्मेदवारीले बुढानिलकण्ठ क्षेत्रमा युवा नेतृत्वको उदय, संगठनमा आत्मविश्वासको प्रेरणा, र महाधिवेशनमा संतुलित अनुभवयुक्त प्रतिनिधित्व सुनिश्चित हुने अपेक्षा गरिएको छ।

स्थानीय तहका धेरै शाखा कमिटी, जनसंगठन र कार्यकर्ताले श्रेष्ठको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आएका छन्।

प्रतिक्रिया