१५ लाख रुपैयाँसहित हुण्डीमा संलग्न एक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८२, मंगलवार ०६:१९

काठमाडौँ ।  पर्साको पकाहामैनपुर गाउँपालिकामा श्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरीले पकाहामैनपुर–१ धोरेका ३४ वर्षीय अवधेश पटेललाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरीले सञ्चालन गरेको संयुक्त चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट २२ एएफ ४१२६ को मोटरसाइकलमा सवार पटेललाई रोकिएको थियो । चेकजाँचका क्रममा मोटरसाइकलको लेग–गार्डमा लुकेको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा १५ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकममा १ हजार दरका ७९० थान, ५०० दरका १ हजार ३०१ थान, १०० दरका ५६९ थान, ५० दरका ५० थान र २० दरका ५ थान रहेका थिए।

पक्राउ परेका पटेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रतिक्रिया