तारकेश्वर । तारकेश्वर गाउँपालिका २ स्थित पिमलटार माध्यमिक विद्यालयमा आज आयोजित विशेष सांस्कृतिक कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार र छात्रछात्राको प्रोत्साहनका लागि महत्वपूर्ण घोषणा गर्नुभएको छ।
कार्यक्रमका क्रममा अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रु. १ लाख ५० हजार, विद्यार्थीहरूलाई ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको अवलोकन गराउन शैक्षिक भ्रमणका लागि रु. १ लाख, विद्यालय भवन मर्मत संहारका लागि रु. १ लाख र कक्षा १० का विद्यार्थीका लागि खाना र आवासीय सुविधा सहित अतिरिक्त कक्षा सञ्चालनका लागि रु. १ लाख सहयोग उपलब्ध गराउने घोषणा गर्नुभयो।
त्यसैगरी, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ६ जना विद्यार्थी (३ छात्र, ३ छात्रा) लाई ५/५ हजारका दरले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ, जसको कुल रकम रु. ३० हजार हुन्छ।
अध्यक्ष अधिकारीले कार्यक्रममा विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीहरूको समग्र विकास र सांस्कृतिक चेतना अभिवृद्धिमा गाउँपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको समेत उत्साहपूर्ण सहभागिता रहेको थियो।
प्रतिक्रिया