विदुर विक्रम खड्का ११ औं महाधिवेशन प्रतिनिधि उम्मेद्वारीमा: बुढानिलकण्ठ विकास र पार्टी एकतामा थप बल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८२, सोमबार ०८:२१

काठमाडौं ।  नेकपा एमाले बुढानिलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष विदुर विक्रम खड्का आगामी ११ औं महाधिवेशनमा काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधि उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ।

चार दशकभन्दा बढी समयदेखि एमालेमा निरन्तर सक्रिय रहेका खड्काले अहिलेसम्म कुनै लाभ पद नपाए पनि आफ्नो अनुभव, नेतृत्व क्षमता र सामाजिक कार्यमा पुर्‍याएको योगदानलाई आधार बनाएर यस पटक महाधिवेशन प्रतिनिधिमा जाने तयारी गर्नु भएको हो।

बुढानिलकण्ठ नगरपालिकामा सर्वदलीय संयन्त्रको प्रतिनिधि हुँदा गरेका कार्य र पहलकदमीका कारण उनलाई “विदुर बेग” को उपनामले समेत चिनिन्छ। पंचायत कालदेखि कम्युनिस्ट आन्दोलनको विस्तारमा योगदान पुर्‍याउँदै आएका खड्काले बुढानिलकण्ठ क्षेत्रमा स्थानीय विकास, शिक्षा, स्वास्थ्य, संरचना निर्माण र सामाजिक न्यायमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ को संयोजक रहिसकेका खड्काले आफ्नो सामाजिक संजाल मार्फत बुढानिलकण्ठ विकासको अवधारणा समेत सार्वजनिक गर्दै आएका छन्। उनले नगरपालिकाका धेरै शाखा कमिटी, जन संगठन र विभिन्न सामाजिक संजालमार्फत आफ्नो व्यापक समर्थन प्राप्त गरेको बताउनुभयो।

उहाँको उम्मेद्वारीले पुराना कार्यकर्ता र अनुभव सम्पन्न नेताहरूसँग सहकार्य, स्थानीय स्तरमा समाजिक कार्यको प्रभाव, तथा आगामी चुनावमा पार्टीको लोकप्रियता र जनभावना मजबुत पार्ने अपेक्षा गरिएको छ।

खड्का आगामी निर्वाचनमा स्थानीय विकास, सामाजिक कार्य र पार्टी एकतालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै बुढानिलकण्ठ क्षेत्रका जनता माझ एमालेको सुदृढ छवि बनाउने मुख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

उहाँले उम्मेद्वारी प्रक्रियालाई पारदर्शी, समन्वयात्मक र स्थानीय जनप्रतिनिधि, कार्यकर्ता तथा आम जनता माझ संवादात्मक बनाएर अघि बढाउने रणनीति तय गरेका छन्। यससँगै, खड्का विकासका काममा निरन्तरता, सामाजिक न्याय र पार्टी एकतालाई मजबुत बनाउने लक्ष्य सहित आगामी महाधिवेशनमा आफूलाई प्रस्तुत गर्दैछन्।

प्रतिक्रिया