काठमाण्डौ–४(१) का अगुवा कार्यकर्तासँग विकास–निर्माण र आगामी योजना बारे मन्त्री थापाको छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८२, सोमबार ०७:४९

काठमाडौँ। बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाले काठमाण्डौ जिल्ला क्षेत्र नं. ४(१) का अगुवा नेतृवृत तथा कार्यकर्तासँग विकास–निर्माण तथा आगामी कार्यक्रमका विषयमा विशेष छलफल गरेका छन्।

सो छलफलमा स्थानीय स्तरमा भइरहेको विकास कार्य, अवरोध–अवस्था, प्राथमिक आवश्यकता तथा आगामी योजनाहरूको कार्यान्वयनबारे विस्तृत समीक्षा गरिएको थियो।

मन्त्री थापाले क्षेत्रीय विकास, रोजगारी विस्तार तथा यातायात व्यवस्थापन सुधारलाई सरकारको प्राथमिकता रहेको बताउँदै भने,
“जनताले प्रत्यक्ष रूपमा अनुभव गर्ने कामलाई गति दिन प्रदेश सरकार सक्रिय रूपमा अघि बढिरहेको छ। स्थानीय नेतृत्वसँगको सहकार्यबिनाको विकास दीगो हुँदैन।”

कार्यक्रममा उपस्थित अगुवा कम्रेड तथा स्थानीय प्रतिनिधिहरूले क्षेत्रका विकासका आवश्यकता, रोजगारीका अवसर, भौतिक पूर्वाधार, यातायात सेवा सुधार, तथा सामुदायिक हितका कार्यक्रम विस्तार सम्बन्धी सुझावहरू प्रस्तुत गरेका थिए।

प्रतिक्रिया