जोरपाटी नवज्योति टोलमा सिसि क्यामेरा उद्घाटन, ‘नगरको हितका काममा निरन्तर लागिरहेका छौँ’ – नगर प्रमुख रिसाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८२, सोमबार ०७:३६

काठमाडौँ, गोकर्णेश्वर। गोकर्णेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य, शान्ति–सुरक्षा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा गर्दै आएको काम प्रभावकारी बन्दै गएको नगर प्रमुख दिपक रिसालले बताएका छन्।

जोरपाटीस्थित नवज्योति टोलमा शान्ति–सुरक्षा मजबुत बनाउन स्थापना गरिएको सिसि क्यामेरा प्रणालीको उद्घाटन गर्दै उनले नगरपालिका जनताको हित र सुरक्षा सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहेको बताए।

नगर प्रमुख रिसालले भने, “गोकर्णेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संरचना विकासदेखि शान्ति–सुरक्षासम्मका क्षेत्रमा धेरै काम गरिरहेको छ। जनताले महसुस गर्ने गरी विकासलाई गति दिने हाम्रो मूल लक्ष्य हो।”

सामुदायिक सहकार्यले सुरक्षा प्रवर्द्धनमा टेवा

स्थानीयको सक्रियतामा स्थापना गरिएको सिसि क्यामेरा प्रणालीले टोल भित्र हुने आपराधिक गतिविधि नियन्त्रण, निगरानी तथा घटना–दुर्घटनामा तत्काल प्रतिक्रिया दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर प्रमुख रिसालले यस्तो सामुदायिक संयोजन र नगरपालिकाको सहकार्यले गोकर्णेश्वरलाई सुरक्षित तथा स्मार्ट नगरपालिका बनाउन मद्दत गर्ने बताए।

वडाको विकासमा धेरै कार्य भईरहेको छ : नारायण बहादुर सुवेदी, नगर प्रवक्ता तथा अध्यक्ष (गोकर्णेश्वर–५)

जोरपाटीस्थित नवज्योति टोलमा शान्ति–सुरक्षामा सहयोग पुग्ने उद्देश्यले स्थापना गरिएको सिसि क्यामेरा प्रणालीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवेदीले वडाभर विकासका महत्वपूर्ण कामहरू निरन्तर अघि बढिरहेको बताएका छन्।

अध्यक्ष सुवेदीले भने,
“हाम्रो वडाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सडक, ढल व्यवस्थापनदेखि शान्ति–सुरक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको छ। स्थानीयको सुरक्षालाई अझ प्रभावकारी बनाउन आज यहाँ सिसि क्यामेरा प्रणाली स्थापना गर्न पाउँदा खुशी लागेको छ।”

शान्ति–सुरक्षामा प्रविधिमूलक पहल

नवज्योति टोलमा स्थानीयको सक्रियता र वडाको सहकार्यमा जडान गरिएको यो सिसि क्यामेरा प्रणालीले आपराधिक गतिविधि रोकथाम, निगरानी तथा आकस्मिक घटनाको तत्काल प्रतिक्रिया सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष सुवेदीले यस्तो सामुदायिक सहभागिताले वडाको सुरक्षा प्रणाली अझ आधुनिक र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

स्थानीयको सक्रिय सहभागिता

उद्घाटन कार्यक्रममा स्थानीय अगुवाहरू, टोल विकास समिति, युवा समूह, समाजसेवी, शिक्षक तथा समुदायका प्रतिनिधिहरूको उत्साहपूर्ण उपस्थिति थियो।

सहभागीहरूले वडामा यस प्रकारका प्रविधियुक्त सुरक्षा उपायले सकारात्मक परिवर्तन ल्याईरहेको उल्लेख गर्दै अन्य टोलमा पनि विस्तार गर्न अनुरोध गरे।

विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता

अध्यक्ष सुवेदीले वडाभर सडक मर्मत–सुधार, बत्ती जडान, खानेपानी, ढल व्यवस्थापन, विद्यालय पूर्वाधार, स्वास्थ्य सेवा र स्मार्ट सुरक्षाका कार्यक्रमहरूलाई निरन्तर अघि बढाइने बताए।

उनका अनुसार, “वडा–५ लाई सुरक्षित, व्यवस्थित र सुन्दर वडाको रूपमा विकास गर्न थप काम छिट्टै सार्वजनिक गरिनेछ।”

प्रतिक्रिया

slot gacor