काठमाडौं। टोखा नगरपालिका–१ जाने मोटरबाटो चौडा बनाउने काम तीव्र गतिमा अगाडि बढिरहेको छ। स्थानीय जग्गाधनीहरूको सहयोग र वडा अध्यक्ष रमेश कुमार लामिछानेको सक्रिय पहलमा अघि बढेको यो योजना शनिबार नगर प्रमुख प्रकाश अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले स्थलमै पुगेर अनुगमन गरेका छन्।
अनुगमनका क्रममा नगर प्रमुख अधिकारीले स्थानीय आवश्यकता बुझेर योजनालाई दिगो र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे। विकासका काममा निरन्तर देखाइएको सक्रियता र फिल्डमै खटिने बानीका कारण अधिकारीको नेतृत्व नगरपालिका भित्र छुट्टै पहिचान बनाउन सफल भएको छ।
स्थानीयवासीका अनुसार बाटो साँघुरो र जोखिमपूर्ण भएकाले वर्षौंदेखि विस्तारको माग हुँदै आएको थियो। जग्गाधनीहरूले स्वेच्छिक सहयोग उपलब्ध गराएपछि हाल निर्माण कार्य सहज रूपमा अघि बढेको हो। टोखा नगरपालिकाले पछिल्लो समय स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गर्दै आएको छ।
नगर प्रमुख अधिकारीको सक्रिय भूमिका र स्थानीय–वडा तहमै समन्वय सुदृढ भएपछि विकासका योजनाहरू छिटो गतिमा कार्यान्वयन भइरहेका छन्।
प्रतिक्रिया