काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्मको समयावधिमा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका हुन् ।
आयोगका अनुसार निर्वाचन कार्यालयमार्फत बायोमेट्रिक प्रक्रिया पूरा गर्ने मतदाता ३ लाख ४४ हजार ९१४ रहेका छन् ।राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० पुगेको छ ।
नयाँ दर्तासँगै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३१४ पुगेको आयोगले जनाएको छ। पछिल्लो पटक मतदाता नामावली दर्ता खुल्नुअघि कात्तिक १६ सम्म दर्ता मतदाता १ करोड ८१ लाख ६८ हजार २३० रहेका थिए।
प्रतिक्रिया