बुढानिलकण्ठ नगरपालिकाले शैक्षिक सुधारका ६ बुँदे निर्णय कार्यान्वयन गर्न विद्यालयलाई निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ मंसिर २०८२, शुक्रबार ०७:०६

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका नगर शिक्षा समितिले शैक्षिक गतिविधि, विद्यालय व्यवस्थापन तथा अभिभावकसँगको समन्वयलाई प्रभावकारी बनाउन ६ बुँदे निर्णय जारी गर्दै ती निर्णय तत्काल कार्यान्वयनका लागि नगरपालिकाभित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ।

नगर शिक्षा समितिको मिति २०८१/०८/०६ को बैठकबाट पारित निर्णयअनुसार विद्यालय अभिभावक गुनासो व्यवस्थापनदेखि विद्यार्थीहरूको चरित्र विकास, शिक्षक प्रतिवेदन प्रणाली र विद्यालयमा धार्मिक कार्यहरूको रोकथामसम्मका विषय समेटिएका छन्।

समितिले जारी गरेको सूचनामा निम्न बुँदाहरू मुख्य रुपमा रहेको उल्लेख छः

१. अभिभावक गुनासो व्यवस्थापनका लागि ‘गुनासो बुझुवा समिति’ गठन समितिले विद्यालय तहमा अभिभावकको गुनासो व्यवस्थित रूपमा समाधान गर्न गुनासो समिति गठन गर्न निर्देशन दिएको छ।

२. ‘बुद्ध बन्नुपर्छ’ भनाइसँगै नैतिक तथा जीवन मूल्य आधारित कार्यक्रम सञ्चालन विद्यालयहरूले बौद्धिक, शैक्षिक, सामाजिक र जीवन उपयोगी सीप अभिवृद्धि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ।

३. कक्षा १२ सम्मका विद्यार्थीका लागि चरित्र प्रमाणपत्र अनिवार्य विद्यालयबाट पास हुने विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै विद्यालयले प्रदान गर्ने चरित्र प्रमाणपत्र अनिवार्य रूपमा पाउने व्यवस्था गरिनेछ।

४. विद्यार्थीको हाजिरी अभिलेख असमानता भएमा शिक्षक प्रतिवेदन अनिवार्य सीप, हाजिरी तथा शैक्षिक मूल्यांकन सम्बन्धी प्रतिवेदन समिति वा अभिभावकलाई उपलब्ध गराउनुपर्नेछ।

५. विद्यालयमा पूजा, माला, जातीय–सांस्कृतिक बाँधनमा रोक विद्यालयभित्र प्रार्थना, माला, जातीय/धार्मिक चलनको नाममा अनावश्यक गतिविधि नगर्न विद्यालयलाई निर्देशन गरिएको छ, जसले विद्यालयलाई ‘धर्मनिरपेक्ष शैक्षिक क्षेत्र’ बनाउने उद्देश्य राखेको छ।

६. नगर शिक्षा समितिले निर्णय कार्यान्वयनको प्रतिवेदन नियमित रूपमा समितिमा पेस गर्न सबै विद्यालयलाई अनुरोध गरेको छ।

प्रतिक्रिया