काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राममणि पुडासैनीले वडाको समग्र विकास र वडावासीको हितमा सक्रिय रूपमा काम गरिरहेको बताएका छन्।
अध्यक्ष पुडासैनीले वडामा विकासको हरेक पक्षमा तत्परता र नियमितता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार वडा विकासका प्राथमिकताहरूमा सडक पूर्वाधार सुधार, खानेपानीको पहुँच विस्तार, स्वास्थ्य सेवा, सरसफाइ, शिक्षा, युवा र महिला सशक्तिकरण लगायतका क्षेत्रहरूमा विशेष जोड दिइएको छ। उनले बिहानदेखि बेलुका सम्म वडावासीसँग प्रत्यक्ष भेटघाट गरी योजना निर्माण र कार्यान्वयनमा प्रत्यक्ष निगरानी गर्दै आएको जानकारी दिएका छन्।
अध्यक्ष पुडासैनीले वडावासीलाई भने, “हाम्रो उद्देश्य विकास सबैका लागि समावेशी र पारदर्शी बनाउनुपर्छ। सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताहरूलाई पहिलो प्राथमिकतामा राख्दै वडाको समग्र विकासलाई सुनिश्चित गर्नेछौं।” वडावासीहरूले पनि अध्यक्ष पुडासैनीको सक्रियता र निरन्तर कार्यमा प्रशंसा व्यक्त गर्दै वडाका विकासका कार्यक्रमहरू समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।
उनको नेतृत्वमा वडा नं. ३ मा विकासका हरेक क्रियाकलापमा पारदर्शिता र सहभागी भावना कायम राख्ने प्रयास भइरहेको छ। अध्यक्ष पुडासैनीको भनाइ अनुसार, वडाका प्रत्येक स्थानमा सडक निर्माण, खानेपानी पहुँच र स्वास्थ्य सेवा सुधारको काम तीव्र गतिमा भइरहेको छ र वडावासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना कार्यान्वयन भइरहेको जनाउनु भएको छ।
प्रतिक्रिया