नेपाल कम्युनिष्ट पार्टी स्वर्गीय क.राजाराम पुडासैनीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०८२, बिहीबार १८:४५

नेपाल कम्युनिष्ट पार्टी स्वर्गीय क.राजाराम पुडासैनीको स्मृतिमारक्तदान कार्यक्रम सम्पन्न  भएको छ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) कागेश्वरी मनोहरा नगरपालिका–५ को समितिले आज थलीचोकमा स्वर्गीय  क. राजाराम पुडासैनी को सम्झनामा रगतदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वडावासिहरू, स्थानीय सक्रिय सदस्य र स्वास्थ्य स्वयंसेवकहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य उद्देश्य नागरिकमा रक्तदानको महत्वबारे जागरुकता फैलाउनु र समुदायमा सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्नु रहेको आयोजकले बताए। समितिका पदाधिकारीहरूले रगतदानमा सहभागी सबैलाई धन्यवाद दिँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले स्थानीय समुदायमा मानव सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको आयोजकहरूको भनाइ रहेको थियो ।

प्रतिक्रिया

slot gacor