काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अपेन बुढानिलकण्ठ नगरद्वारा आयोजना गरिएको अपेन किड्स ट्यालेन्ट ट्रायल–२०८२ भव्य रूपमा आयोजना हुँदैछ। कार्यक्रममा ३० भन्दा बढी प्रिस्कूलका विद्यार्थीहरू र ७०० भन्दा बढी अभिभावकको सहभागिता रहने आयोजकहरूले जानकारी दिएका छन्।
यस कार्यक्रमको मुख्य उद्देश्य प्रारम्भिक बालशिक्षाको महत्व प्रवर्द्धन गर्नु र बालबालिकाको सिर्जनात्मक प्रतिभा सार्वजनिक रूपमा प्रस्तुत गर्नु हो। कार्यक्रमका सभापति अपेन बुढानिलकण्ठ नगर अध्यक्ष तथा शिक्षा समिति सदस्य राज कुमार घिमिरे रहेका छन्।
उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले गर्नेछन् भने समापन नगर उपप्रमुख अनिता लामाले गर्नेछिन्।
कार्यक्रमका मुख्य आकर्षणहरू
• बालबालिकाद्वारा गीत, नृत्य, कविता वाचन र सिर्जनात्मक प्रस्तुति
• Kids Talent Trial अन्तर्गत व्यक्तिगत र समूह प्रस्तुति
• सहभागीताको प्रमाणपत्र तथा सम्मान पत्र वितरण रहेनछ ।
कार्यक्रममा शिक्षा सम्बन्धित संघसंस्था, विद्यालय प्रिन्सिपल र अभिभावकको व्यापक उपस्थिति रहनेछ। साथै विशिष्ट अतिथिहरू र जनप्रतिनिधिहरूको पनि उपस्थित रहने कार्यक्रम संयोजकले बताएका छन्। प्रमुख सहभागीहरू कार्यक्रममा प्रमुख सहभागीहरूमा निम्नलिखित व्यक्ति तथा प्रतिनिधिहरू रहनेछन्: अजय बर्तौला- प्रमुख प्रशासकीय अधिकृत , ललित बिक्रम सिंह-प्रमुख, शिक्षा, युवा तथा खेलकुद महाशाखा , पुष्पा बम- प्रमुख, जनसंख्या तथा सामाजिक समावेशीकरण महाशाखा ,बद्रि प्रसाद दाहाल- अध्यक्ष, अपेन केन्द्रीय समिति कृष्ण कुमार बोहरा, महासचिव, अपेन केन्द्रीय समिति -नीरु भण्डारी, सचिव- अपेन बुढानिलकण्ठ तथा कार्यक्रम संयोजक – जनक थापा, सल्लाहाकार एवं ANGELS HOME प्रिस्कुल निर्देशक – अनिता खनाल, शिक्षा अधिकृत – राधेश्याम श्रेष्ठ, अध्यक्ष- PABSON बुढानिलकण्ठ , पुष्पराज अधिकारी- अध्यक्ष, PETSAN बुढानिलकण्ठ – सुदीप काफ्ले, अध्यक्ष-National PABSON बुढानिलकण्ठ , कृष्ण प्रसाद लामिछाने-अध्यक्ष, बुढानिलकण्ठ शैक्षिक मंच – सुकदेवी राई – अधिकृत , जय कुमार श्रेष्ठ-स्रोतव्यक्ति , अपेन जिल्ला तथा नगर समिति प्रतिनिधिहरू , अपेन बुढानिलकण्ठमा आबद्ध प्रिस्कुलका प्रिन्सिपलहरू , अपेन बुढानिलकण्ठ नगर समिति सदस्यहरू सहभागी हुनेछन् ।
कार्यक्रमले प्रारम्भिक बालशिक्षाको महत्व प्रवर्द्धन गर्नुका साथै बालबालिकाको सिर्जनात्मक प्रतिभा उजागर गर्ने उद्देश्य राखेको छ। आयोजकहरूले बालशिक्षा र अभिभावकको सक्रिय सहभागितालाई कार्यक्रम सफलताका प्रमुख पक्ष बताएको छ।
प्रतिक्रिया