टोखा। टोखा नगरपालिका–२ अन्तर्गत चण्डेश्वरी अस्पताल नजिक निर्माण हुने ‘गलेपार्क’ परियोजनाको शिलान्यास सम्पन्न भएको छ। शिलान्यास टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले गरे। गलेपार्क निर्माणले स्थानीय बासिन्दाका लागि खुला मनोरञ्जनात्मक क्षेत्र, सामुदायिक भेटघाट स्थल तथा सौन्दर्य अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा नगरपालिकाले जनाएको छ।
परियोजना अन्तर्गत हरियाली विस्तार, वाकिङ ट्रेल, विश्रामस्थल तथा सार्वजनिक उपयोगका पूर्वाधार निर्माण हुने बताइएको छ। शिलान्यास समारोहमा प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, स्थानीय सरोकारवालाहरू तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो। नगरपालिकाले सो परियोजनालाई चरणबद्ध रूपमा सम्पन्न गर्ने तयारी गरेको छ।
प्रतिक्रिया