बुढानिलकण्ठ । बुढानिलकण्ठ नगर अस्पतालमा सेवा लिन आउने बिरामीहरूको बीमासम्बन्धी अन्यौलतालाई प्रभावकारी रूपमा समाधान गर्न सक्ने क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा आयोजित बीमा सम्बन्धी तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका डा. दिपक प्रधान तथा बुढानिलकण्ठ नगर अस्पतालका बीमाका फोकल पर्सन सरोज श्रेष्ठले सहजिकरण गरेका थिए। सत्रमार्फत सहभागी कर्मचारीहरूलाई स्वास्थ्य बीमा गर्ने तरिका, त्यसको कार्यान्वयनका चरणहरू, दाबी प्रक्रिया र आवश्यक व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको अस्पतालले जनाएको छ।
सहजिकर्ता डा. प्रधानका अनुसार, अहिलेसम्मका अनुगमन र प्रशिक्षणको आधारमा बुढानिलकण्ठ नगर अस्पतालको सेवा प्रवाह विधि र बीमा दाबी प्रक्रिया उत्कृष्ट रूपमा अघि बढिरहेको पनि उल्लेख गरिएको थियो। कार्यक्रमले अस्पतालमा स्वास्थ्य बीमा सेवा लिने बिरामीहरूको सहजता तथा सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया