कागेश्वरी मनोहरा नगरपालिकाको १० दिने आइटी कार्यशाला : सातौँ दिन क्लाउड कम्प्युटिङ र साइबर सुरक्षा सत्र सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०८२, बिहीबार १४:५६

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा जारी १० दिने सूचना प्रविधि (आइटी) कार्यशालाको सातौँ दिन क्लाउड कम्प्युटिङ र साइबर सुरक्षासम्बन्धी दुई महत्त्वपूर्ण सत्र सम्पन्न भएको छ।

बिहानको सत्रमा जिनीस सोलुसनबाट क्लाउड कम्प्युटिङ दिनको पहिलो सत्रमा जिनीस सोलुसनका टेक सपोर्ट सदस्य श्री निर्मल बस्ताकोटीले क्लाउड कम्प्युटिङसम्बन्धी प्रस्तुति दिए। सत्रमा क्लाउड प्रविधिको परिचय, फाइदाहरू, सेवा मोडेल (IaaS, PaaS, SaaS), र सार्वजनिक, निजी, हाइब्रिड तथा कम्युनिटी क्लाउड मोडेलको व्याख्या गरियो। त्यसैगरी, अमेजन वेब सर्भिस (AWS) का विविध सेवाहरू—विशेषगरी S3 स्टोरेज, यसको फीचर, स्टोरेज क्लास र प्रकारबारे विस्तृत प्रस्तुति दिइयो।

कार्यक्रममा AWS प्राइस क्याल्कुलेटर, परम्परागत इन–हाउस सर्भर र क्लाउडबीचको तुलना, तथा EC2, EBS, VPC, IAM लगायतका प्रमुख सेवाहरूको अवलोकन पनि गरिएको थियो। दिउँसोको सत्रमा नेपाल प्रहरी साइबर ब्युरोबाट साइबर सुरक्षा प्रशिक्षण दोस्रो सत्रमा साइबर ब्युरो, नेपाल प्रहरीका वरिष्ठ प्रहरी सहायक निरीक्षक  जिराबहादुर बुढाले साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिए। सत्रमा साइबर ब्युरोको भूमिकासँगै साइबर अपराधका प्रकार, कानुनी प्रावधान, दण्ड–जरिवाना, अनलाइन ठगीका रूप, साइबर चुनौती तथा प्रतिरोधात्मक उपायबारे जानकारी प्रदान गरिएको थियो। उनका अनुसार बढ्दो डिजिटल पहुँचसँगै सुरक्षित अनलाइन व्यवहार अपनाउनुपर्ने तथा साइबर कानुनबारे सचेत रहनुपर्ने आवश्यकता अझ बढेको छ।

सन्तुलित सिकाइ अनुभव ७ औँ दिनको कार्यशालाले सहभागीहरूलाई प्रविधिगत क्षमता र डिजिटल सुरक्षा दुवै क्षेत्रमा सन्तुलित ज्ञान प्रदान गरेको कागेश्वरी मनोहरा नगरपालिकाले  जनाएको छ।

 

प्रतिक्रिया