मुलखर्क–ओख्रेनी सडक मार्गका लागि विनियोजित ३ करोड बराबरको बजेटअनुसार नापजाँच सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८२, बुधबार ०७:१९

काठमाडौं।  गोकर्णश्वोर नगरपालिका–१ अन्तर्गत मुलखर्कदेखि ओख्रेनीसम्म निर्माण हुन लागेको सडक मार्गको नापजाँच आज सम्पन्न गरिएको छ। सो कार्य वडा अध्यक्ष द्वारिका श्रेष्ठको नेतृत्वमा गरिएको हो। नापजाँचमा इन्जिनियर खेमराज पोखरेल, हिमाल शर्मा र अरुण खनालको सहभागिता थियो।

यस सडकका लागि करिब ३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। नापजाँचपछि अब विस्तृत निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरिएको वडाले बताएको छ। स्थानीयवासीका  मागअनुसार अघि बढाइएको यो परियोजनाले मुलखर्क–ओख्रेनी क्षेत्रको आवागमन सहज, आर्थिक गतिविधि सबल र पर्यटन सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ। व

डा अध्यक्ष श्रेष्ठका अनुसार, “सडक निर्माणपछि गाउँको विकास गति अझै तीव्र हुनेछ। स्थानीयको सहयोग र साथले यो काम सफलतापूर्वक अघि बढिरहेको छ।”

 

प्रतिक्रिया

slot gacor