जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार राहत दिने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८२, बुधबार ०६:२९

काठमाडौँ ।  सरकारले जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई तत्काल जनही १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले दिएको जानकारी अनुसार, आन्दोलनमा घाइते भएका सबैलाई आपत्कालीन राहत स्वरूप यो रकम उपलब्ध गराइनेछ।

यसअघि सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको परिवारलाई राहत उपलब्ध गराइसकेको छ।

यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २ दशमलव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

यस्तै, बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।

मन्त्रिपरिषद्ले शहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया