भौतिक योजना तथा निर्माण मन्त्री घिसिङद्वारा राजमार्ग सुधार र बजेट सुनिश्चिततामा सकारात्मक प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८२, बुधबार ०५:५८

काठमाण्डौ ।  जिल्लाका विभिन्न विकास निर्माणमा देखा परेको ढिलासुस्ती, बजेट अभाव र रकम कटौतीको विषयमा भौतिक योजना तथा निर्माण मन्त्री कुलमान घिसिङसँग भएको भेटमा सुधार र स्रोत सुनिश्चिततामा सकारात्मक प्रतिबद्धता व्यक्त गरिएको छ। राज्यको राष्ट्रिय राजमार्गको रुपमा रहेको पासाङ ल्हामु राजमार्ग अन्तर्गत बालाजु–रानिपौवा सडक खण्डमा देखिएको रकम अभाव, र रानिपौवा–पिपलटार सडक खण्डमा ७६ करोड रुपैयाँको बजेट विनियोजन गरी बहुबर्षिय योजनामा समावेश गर्ने मन्त्री घिसिङको प्रतिबद्धताप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। त्यसैगरी, तिनपिप्ले–चाउथे–कुमरी–कोल्पुटार वैकल्पिक सडक र टोखा–गुर्जे–छहरे सडक खण्डलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने साथै संसदिय कोषबाट तर्जुमा भएको बजेटको कटौती सम्बन्धी विषयमा उच्च प्राथमिकतासहित कार्यान्वयन सुनिश्चित गर्ने पनि मन्त्री घिसिङको प्रतिवद्धता रहेको छ। यो अवसरमा जगदिश्वर नरसिंह केसी र उनको सचिवालयले मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया

slot gacor