कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच दिगो सहकार्यको पहल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८२, मंगलवार ०७:१४

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले सेवा प्रवाह, नीति निर्माण तथा ज्ञान–आधारित नेतृत्व क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM) सँग औपचारिक सहकार्य प्रक्रिया अघि बढाएको छ।

यसै सन्दर्भमा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की र  प्रतिनिधिसहित अध्ययन तथा अनुसन्धान शाखाको टोलीले KUSOM का डिन डा. विजय के. सी. सँग एक औपचारिक र परिणाममुखी भेटघाट सम्पन्न गरेको हो। भेटघाटका क्रममा Research, Survey, Management-related Training Courses तथा Policy Development जस्ता महत्वपूर्ण क्षेत्रहरूमा एमओयू (MoU) मार्फत दिगो साझेदारी स्थापना गर्ने विषयमा व्यापक छलफल गरिएको नगरप्रमुख उपेन्द्र कार्कीले  जनाउनु भएको छ।

स्थानीय सरकारका नीति निर्माणका प्रक्रियालाई वैज्ञानिक, अनुसन्धान–आधारित र प्रभावकारी बनाउन काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यले निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। यसै क्रममा टोलीले विश्वविद्यालयअन्तर्गत संचालित KUSOM Policy Lab को अवलोकन तथा अध्ययन भ्रमणसमेत गरेको थियो।

नीति विश्लेषण, संस्थागत क्षमता विकास र स्थानीय शासन–व्यवस्थामा नवप्रवर्तनकारी अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको अध्ययन भ्रमणले दुवै संस्थाबीचको सहकार्यलाई थप सुदृढ गर्ने अपेक्षा नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी गराउनुभएको छ। नगरपालिकाले ज्ञान, अनुसन्धान र उद्यमशीलतामा आधारित शासन प्रणालीलाई मजबुत बनाउँदै कागेश्वरी मनोहरालाई अग्रणी र आधुनिक नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

slot gacor