बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले नगर क्षेत्रभित्र उद्यमशीलता प्रवर्द्धनका लागि आयोजना गर्न लागिएको उद्यमशीलता अभिमुखिकरण कार्यक्रमको सूचना जारी गरेको छ। वडाध्यक्ष नवराज भट्टरा द्वारा हस्ताक्षरित पत्रमार्फत विभिन्न स्थानीय समूह र सरोकारवालाहरूसँग कार्यक्रम सफल बनाउन सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ।
वडा कार्यालयले नागरपालिकाले सञ्चालन गर्न लागेको नगर–उद्यमशीलता विकास कार्यक्रम प्रभावकारी र परिणाममुखी बनाउन महिला समूह, सहकारी संस्था, उपभोक्ता समिति तथा टोल विकास समितिका प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेको हो।
कार्यक्रममार्फत स्थानीयवासीलाई उद्यम कौशल, आत्मनिर्भरता, सीप विकास तथा स्थानीय उत्पादनको अवसरबारे व्यापक अभिमुखिकरण गरिने वडाले जनाएको छ। वडा नं. १० ले स्थानीय स्तरमा उद्यमशील वातावरण निर्माण गर्न निरन्तर कार्यक्रम अघि बढाइने बताएको छ।
सूचनाअनुसार कार्यक्रम
•मिति: २०८२/०८/०१
•समय: दिउँसो १ बजे
प्रतिक्रिया