बूढानीलकण्ठ, २०७९ कार्तिक ३० । धोविढुंङ्गा खानेपानी आयोजना निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (DPR) को अन्तिम प्रतिवेदनबारे आज आइतबार बूढानीलकण्ठ नगरपालिकामा सरोकारवालाहरूबीच विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नगर प्रमुख मिठाराम अधिकारीज्यूको अध्यक्षता तथा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। छलफलमा स्थानीय सरोकारवाला, जनप्रतिनिधि तथा प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा खानेपानी आयोजनाका आवश्यक पक्ष, सम्भावित चुनौती, लागत–लाभ विश्लेषण तथा आगामी कार्यान्वयन रणनीतिबारे विस्तृत प्रस्तुतिकरणसहित बहस–संवाद गरिएको जनाएको छ। छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर आयोजना प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता नगरपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया