वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा दिने आईजीपी कार्कीको पहिलो निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०८२, शुक्रबार ०६:४६

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् ।

आइजिपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयको रूपमा सहुलियत कर्जा बढाउने निर्णय गरेका हुन् । पीसीसी (पोलिसी कोअर्डिनेशन) कमिटीबाट यो निर्णय पारित समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबी नारायण काफ्लेले बताए । डिआइजी काफ्लेका अनुसार वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा दिइने र १ वर्ष भित्र फिर्ता गर्नुपर्ने छ ।

आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जा दिइने छ । यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन दिइने छ ।

पाँच प्रतिशतका दरले प्रहरीमा यस्तो कर्जा उपलब्ध गराउँदै आइएको छ । यस्तो कर्जा एक वर्षभित्र तिरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया