बुढानिलकण्ठ । बुढानिलकण्ठ नगरपालिका अब नगरभित्र हुने औपचारिक कार्यक्रमहरूमा खादा, माला र मायाको चिनो वितरण नगर्नुपर्ने निर्णयमा पुगेको छ। नगरपालिकाले सादगी र फजुल खर्च नियन्त्रणको उद्देश्यसहित यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
नगरप्रमुखका अनुसार, अबदेखि नगरपालिकाद्वारा आयोजना गरिने वा नगर क्षेत्रमा हुने कुनै पनि औपचारिक कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्न खादा, माला वा मायाको चिनोको सट्टा सादगीपूर्ण सम्मानको अभ्यास गरिनेछ। नगरपालिकाले यस निर्णयमार्फत सामाजिक संस्कृतिमा देखिएको औपचारिक खर्चिलो प्रवृत्तिलाई घटाउन र कार्यक्षमता बढाउन चाहेको बताइएको छ।
स्थानीय तहका प्रतिनिधि, कर्मचारी तथा नागरिकलाई पनि यस निर्णयको पूर्ण पालना गर्न आग्रह गरिएको छ। नगरपालिकाले यो अभियानलाई “सादा जीवन, सभ्य व्यवहार” भन्ने नारासँग जोड्दै सम्मान र आतिथ्यलाई हृदयदेखि व्यक्त गर्न प्रेरित गरेको छ।
प्रतिक्रिया