गोकर्णेश्वर नगरपालिकामा युवा विद्यार्थीका लागि उप–मेयरको सक्रिय भूमिका (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०८२, बुधबार ०७:११

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा र शुभम मल्टिमिडियाको सहकार्यमा “युवा विद्यार्थीका लागि उप–मेयरको भूमिका” विषयक एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उप–मेयर सान्नानी लामा प्रमुख अतिथि कार्यक्रममा वडा ८ का वडा सदस्य सुमन तामांग,अधिबक्ता अनिता बिष्ट जया मल्टिपल क्याम्पसको शिक्षक सुरेश ढुंगाना सहित १२० जना  विद्यार्थीहरूको सहभागिता थियो।

गोकर्णेश्वर नगरपालिकामा आयोजित “युवा विद्यार्थीका लागि उप–मेयरको भूमिका” विषयक कार्यक्रमको स्वागत मन्तव्य दिँदै शिक्षासेवी भवानी पौडेलले युवाहरूलाई सकारात्मक सोच, लगनशीलता र नेतृत्व क्षमतामा अग्रसर हुन आग्रह गर्नुभएको  छ।

गोकर्णेश्वर नगरपालिकामा उप–मेयर सान्नानी लामाको पहलमा युवा विद्यार्थीहरूका क्षमता विकास, नेतृत्व सशक्तिकरण र शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

नगरपालिकाका शैक्षिक तथा सामाजिक क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउन उप–मेयरको कार्यालयले करियर परामर्श, सीप विकास तालिम, नेतृत्व प्रशिक्षण र विद्यार्थीमैत्री नीति निर्माणमा प्राथमिकता दिएको छ।

उप–मेयर सान्नानी लामाले युवालाई राष्ट्रको सबल आधार मान्दै उनीहरूको सीप र सिर्जनशीलतालाई व्यवहारिक विकासमा रूपान्तरण गर्ने उद्देश्यका साथ विद्यालयदेखि सामुदायिक स्तरसम्म पहुँच विस्तार गर्ने अभियान अघि बढाएकी छन्।

नगरपालिकाभित्र रहेका विद्यालयहरूमा ‘विद्यार्थी आवाज’, ‘युवा सहभागिता मञ्च’ र ‘स्थानीय नीति निर्माणमा युवाको भूमिका’ जस्ता कार्यक्रम सञ्चालन गरेर युवालाई नगर विकासका निर्णय प्रक्रियामा सहभागी गराइँदै आएको छ। स्थानीय विद्यार्थीहरूले यस्ता पहलले उनीहरूलाई आत्मविश्वासी, जिम्मेवार र नेतृत्व क्षमतायुक्त नागरिक बन्न प्रेरणा दिएको बताएका छन्।

शिक्षा, सूचना प्रविधि र सामाजिक उत्तरदायित्वका क्षेत्रमा युवाको सशक्त भूमिका सुनिश्चित गर्न उप–मेयर सान्नानी लामाले निरन्तर पहल गरिरहेकी छन्।

स्वागत मन्तव्यका क्रममा पौडेलले युवालाई देश विकासको मुख्य शक्ति रुपमा लिन सकिन्छ भन्दै  “युवाको सोच र सीपलाई सशक्त दिशामा अघि बढाउन सके मात्र राष्ट्रले स्थायी प्रगति हासिल गर्न सक्छ।” उनले शिक्षालाई व्यवहारिक र सीपमुखी बनाउने पहलमा नगरपालिका नेतृत्वले लिएको प्रयासको प्रशंसा गर्दै नगर तहबाटै युवाको क्षमता विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित विद्यार्थीहरूले पनि आफ्नो विचार राख्दै नगरपालिकाबाट प्राप्त तालिम, करियर मार्गदर्शन र अवसरहरूले आफूहरूमा नयाँ प्रेरणा थपेको प्रतिक्रिया दिएका थिए। सम्पूर्ण कार्यक्रम उप–मेयर सान्नानी लामाको संयोजनमा सम्पन्न भएको थियो भने युवा  विद्यार्थी प्रतिनिधिहरूले प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए।

युवाको पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तर, सीप विकास र रोजगारीमुखी तालिममा युवाको चासो

गोकर्णेश्वर नगरपालिकाका युवा विद्यार्थीहरूले उप–मेयर सान्नानी लामासँग शैक्षिक गुणस्तर, सीप विकास र रोजगारीमुखी तालिमका विषयमा प्रश्न सोधेका छन्। युवाहरूले नगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमहरूबारे जानकारी लिँदै आफ्नो भविष्य र अवसरका विषयमा जिज्ञासा व्यक्त गरेका हुन्।

संवाद कार्यक्रममा विद्यार्थीहरूले शिक्षाको व्यवहारिक पक्ष, रोजगार सिर्जना, सीप अभिवृद्धि तालिम र युवा सहभागिता विस्तारका विषयमा उप–मेयरसँग प्रत्यक्ष प्रश्न गरेका थिए। उप–मेयर सान्नानी लामाले युवाको प्रश्नको जवाफ दिँदै भनिन्, “युवाहरू राष्ट्रका मेरुदण्ड हुन्। उनीहरूको सीप, ज्ञान र सिर्जनशीलतालाई व्यवहारिक विकासमा रूपान्तरण गर्न नगरपालिका पूर्ण प्रतिबद्ध छ।” उनका अनुसार, गोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरदेखि समुदायसम्म सीप विकास, करियर परामर्श र उद्यमशीलता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। ती कार्यक्रमहरूले युवालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने लक्ष्य लिएका छन्।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले उप–मेयरको उत्तरलाई सकारात्मक रूपमा लिँदै स्थानीय तहबाट युवामैत्री नीति कार्यान्वयन भएकोमा सन्तोष व्यक्त गरेका छन्। उनीहरूले यस्ता संवाद कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझाव पनि दिएका छन्।

उप–मेयर सान्नानी लामाद्वारा युवाको सीप र सिर्जनशीलतालाई व्यवहारिक विकासमा रूपान्तरण गर्ने अभियान

गोकर्णेश्वर नगरपालिकाकी उप–मेयर सान्नानी लामाले युवालाई राष्ट्रको सबल आधारका रूपमा पहिचान गर्दै उनीहरूको सीप, ज्ञान र सिर्जनशीलतालाई व्यवहारिक विकासमा रूपान्तरण गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि बढाएकी छन्।

उप–मेयर लामाले विद्यालयदेखि सामुदायिक तहसम्म युवाको पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तर, सीप विकास र रोजगारीमुखी तालिममा जोड दिइरहेकी छन्। उनका अनुसार, “युवाहरू राष्ट्र निर्माणका प्रमुख शक्ति हुन्। उनीहरूको क्षमता प्रयोगमा ल्याउन सके विकासको गति द्रुत हुन्छ।”

नगरपालिकाको पहलमा हाल युवा विद्यार्थीहरूका लागि नेतृत्व तालिम, करियर मार्गदर्शन, सीप अभिवृद्धि कार्यक्रम र विद्यार्थी आवाज मञ्च सञ्चालन गरिएको छ। ती कार्यक्रमहरूले युवालाई आत्मनिर्भर, जिम्मेवार र नेतृत्व क्षमतायुक्त नागरिकका रूपमा तयार गर्न सहयोग पुर्‍याइरहेको उप–मेयर लामाको भनाइ छ।

युवाहरूले उप–मेयरको पहलप्रति प्रशंसा व्यक्त गर्दै स्थानीय तहबाटै यस्तो सशक्तिकरण अभियान सुरु हुनु प्रेरणादायी रहेको बताएका छन्। उनीहरूले विद्यालय र समुदायमा सञ्चालन भएका कार्यक्रमहरूले आफ्ना सीप र आत्मविश्वास वृद्धि गर्न सहयोग पुगेको जनाएका छन्।

सान्नानी लामाले भविष्यमा पनि शिक्षासँगै रोजगारीमुखी सीप तालिम, महिला तथा युवा सशक्तिकरण र सामाजिक उत्तरदायित्वका विषयमा निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेकी छन्। कार्यक्रमको समापनमा उप–मेयर लामाले युवालाई सकारात्मक सोच, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गरिन्। कार्यक्रम  जया मल्टिपल क्याम्पसको सभाहलमा भएको थियो ।

 

 

प्रतिक्रिया