काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच आज अपराह्न काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा भेटवार्ता भएको छ।
दुई अध्यक्षबीचको ‘वान टु वान’ भेटवार्तामा पार्टी एकता र अन्य राजनीतिक समसामयिक विषयमा छलफल भएको थियो । राप्रपा नेपालले यसअघि नै राप्रपासँग पार्टी एकता प्रस्ताव अघि सारेको थियो ।
समान विचार भएका राजनीतिक दल र शक्तिहरूबीच एकताको पक्षमा पार्टी रहेको राप्रपा नेपालले जनाएको छ। यस उद्देश्यका लागि राप्रपा नेपालले राजिव पराजुलीको नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।
सो समितिले यसअघि अध्यक्ष लिङ्देनसँग भेट गरी एकता प्रस्ताव औपचारिक रूपमा पेश गरेको थियो।
प्रतिक्रिया