ऋषि धमलाको पार्टीमा एलिजा गौतम उपाध्यक्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०८२, बुधबार ०५:५०

काठमाडौँ । नयाँ राजनीतिक दल ‘जनादेश पार्टी नेपाल’ले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टीको प्रस्तावित संयोजकमा कानुन व्यवसायी रमण कर्ण रहेका छन् भने पत्रकार ऋषि धमला संरक्षकका रूपमा रहनेछन्। प्रारम्भिक संरचनाअनुसार दलले ७५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ । जसमा संयोजक र केही केन्द्रीय सदस्यहरूलाई मात्र तत्काल घोषणा गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

दलको नेतृत्व टोलीमा जेनजी पुस्ताका युवाहरू सक्रिय भूमिकामा छन् । साथै, पार्टीले केही दिनभित्रै पदाधिकारी सूची सार्वजनिक गर्नेछ। त्यही क्रममा ऋषि धमलाकी पत्नी एलिजा गौतमलाई उपाध्यक्ष बनाउने तयारी भइरहेको जनाइएको छ।

गौतम यसअघि नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । पूर्वएमाले कार्यकर्ता जस्मिन ओझा पनि जनादेश पार्टी नेपालको केन्द्रीय सदस्यमा समावेश भएकी छन्।

प्रतिक्रिया

slot gacor