काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ मा सञ्चालित जुवा खालमा छापा मारेर प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । आइतबार मुलपानी स्थित सिर्जना टोलमा निर्मला मोक्तानले सञ्चालन गरेको खाजा घरमा सञ्चालित जुवा खालमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको हो ।
जुवा खालबाट १ लाख ८० हजार नगद र ३ बुक तास नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । खाजा घर सञ्चालन गर्ने मोक्तान मकवानपुरको हेटौँडाकी स्थानीय हुन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया